भैरहवा–रुपन्देहीको ओमसतियाका महेन्द्रप्रसाद कुर्मीलाई गोली प्रहारमा संलग्न भएको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन्। ओमसतिया गाउँपालिका ५ का कुर्मीलाई गोली प्रहार गरि हत्या गरेको १४ महिनापछि प्रहरीले भारतको गोरखपुर जिल्ला कम्पियरगंजको राजपुर वस्ने ४२ वर्षिय सुनिल कुमार सिंहलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वेलहिया स्थित भन्सार कार्यालय नजिकबाट सिंहलाई पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले बताए ।
सोही घटनाका मुख्य सुटर ४० वर्षीय मनिष हरिजनलाई प्रहरीले गत वर्ष कार्तिक १ नै पक्राउ गरिएको थियो । उनीहरु २०७६ साल भदौ २९ गते कुर्मीको हत्या गरी साथमा रहेको ५ लाख लुटेर फरार भएका थिए ।
कुर्मी सिद्धार्थ नगरपालिका–८ स्थित हिमालयन बैंकबाट ५ लाख रुपैयाँ लिई लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा घर फर्कदै गरेका थिए । श्रीमति र एक सन्तान सहित घर फर्किने क्रममा बेला रोहिणी गाउँपालिका–३ बैकुण्ठपुरस्थित हुलाकी सडकमा कुर्मीमाथी गोली प्रहार भएको थियो । गोली प्रहार पश्चात कुर्मीको घटनास्थलमै मृत्यु भएको थियो । सिंहलाई प्रहरीले पक्राउ गरी सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा पेश गरेको छ ।