बुटवल - रुपन्देहीको बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ। नेपालगञ्ज जाँदै गरेको ना ७ ख १३३९ नम्बरको ट्रकले सोहि दिशा तर्फ जाँदै गरेको लु ४९ प २५२ नम्बरको स्कुटरलाई लुम्बिनी प्रादेशिक अस्पतालको गेट अगाडि ठक्कर दिँदा दुर्घट्ना भएको हो । दुर्घट्नामा परी स्कुटर चालक बुटवल ८ का ४९ वर्षिय भरत शर्माको घट्नास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। ठक्कर दिने चालक र ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।