बुटवल-रुपन्देहीको शंकरनगरमा कारको ठक्करबाट स्कुटी चालक घाइते भएका छन्।
बुटवलबाट भैरहवा जाँदै गरेको लु ३० प १६७९ नम्बरको स्कुटिलाई सोही दिशाबाट आउँदै गरेको बा १३ च ४७७० नम्बरको कारले तिलोत्तमा नगरपालिकाको शंकरनगर चोकमा ठक्कर दिएको थियो ।
घाइतेको नाम बतन नखुलेको र अवस्था गम्भीर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।