बुटवल- सर्वोच्च शिखर सगरमाथा थप उचो भएको छ । तर, सगरमाथाको उचाईको कथा यसमा मात्रै सिमित छैन। चीन र नेपालले यो हप्ता सगरमाथाको उचाईको नयाँ मानकमा सहमती गरेका छन्। यो हिमालयन चुचुरो दुई देशबिचको सिमानामा पर्छ।
दुई देशले संयुक्तरुपमा सगरमाथाको उचाई समून्द्र सतहदेखि ८,८४८.८६ मिटर अर्थात् २९ हजार ३१ दशमलब ६९ फिट रहेको रहस्योत्पादन गरे। सुन्दा लाग्न सक्छ, सगरमाथाले पाएको नयाँ उचाई अब अकाट्य छ। तर, भौगर्भिक परिवर्तन, मापनको तरिका र मापदण्डका आधारमा हुनसक्ने परिवर्तनलाई नजरअन्दाज नगर्ने हो भने सगरमाथाको यो उचाई फेरी घटबढ हुन सक्ने निश्चित छ।
भाैगर्भिक हलचल
पहाड/पर्वतका उचाईहरु घटबढ हुन्छन्। एकातर्फ टेक्टोनिक प्लेटहरुको हलचलले यिनलाई थप उचाई दिइरहेको हुन्छ भने अर्कोतर्फ बेलाबेलामा आउने भुकम्पले यो उचाइलाई घटाइरहेको हुन्छ।
‘भुगर्भका यी प्रतिकारी क्रियाले केही समयावधीका लागि मात्रै पहाडपर्वतको उचाईलाई सिमितता दिन्छ।’ यस बर्ष सगरमाथाको उचाई सर्वे गरेको चिनिया टोलीका डाङ यामिनले भने सिन्ह्वा समाचार एजेन्सीलाई बताए–‘प्रकृतिले सन्तुलन गर्ने कोशिस गर्छ।’
उदाहरणका लागि, डाङले भनेअनुसार, विगत १५० बर्षदेखि बढिरहेको उचाईलाई सन् १९३४ को महाभुकम्पले केही पलमा नै घटाइदिएको थियो।
कसरी नापिन्छ पहाड?
पहाड नाप्ने एक भन्दा धेरै तौर तरिका छन्। गत बर्ष नेपाली टोलीले सगरमाथाको चुचुरोमा स्याटेलाइट न्याभिगेशन मार्कर जडान गरी जीपीएस स्याटेलाईटको मद्धतले पृथ्वीमा सगरमाथाको निश्चित पोजिशन कहाँ छ भनेर अध्ययन गरेको थियो। चिनिया टोलीले यो वसन्त क्रृतुमा त्यस्तै खाले अध्ययन गरेको थियो । तर, यो टोलीले भने आफ्नै देशमा बनेको बेइडो न्याभिगेशन स्याटेलाइट प्रणाली प्रयोग गरेको थियो।
त्यही समयमा समयमा यता नेपाली टोलीले आधुनिक थियोडोलाइट्स (लेजर जडित उपकरण)ले सगरमाथाको नापो लिएको थियो। यो उपकरणको पहिलो पटक सन् १८५६ मा पहाडको उचाइ नाप्न प्रयोग गरिएको थियो। यो उपकरणले त्रिज्यामितीको प्रयोगबाट नाप लिन्छ।
नेपाली टोलीले जमिन छेड्न सक्ने राडरको प्रयोग गरेर सगरमाथामा रहेको हिउँ र बरफको मापन गरेक थिए।
समून्द्र सतहभन्दा मथिको उचाई नाप्ने प्रक्रिया निकै झन्जटिलो छ। किनभने समून्द्र सतह यसको छाल, चुम्बकत्व र अन्य कारक तत्वमा घटबढ हुने गर्छ। विश्वव्यापी तापक्रम वृद्धिले बढाएको समून्द्रको सतहले पनि यो प्रक्रियालाई अझै झन्झटिलो बनाएको छ।
पृथ्वीको कोरबाट नाप्ने हो भने इक्वेडरको चिम्बोराजो संसारको सबैभन्दा उच्च पहाड हो । मापन विन्दुबाट यो सगरमाथा भन्दा २ हजार ७२ मिटर अग्लो छ । पृथ्वी एकनासे रुपमा गोलो नभई इक्वेटरमा केही उठेको भएकाले पृथ्वीको कोरभन्दा सबैभन्दा टाढा इक्वेटर पर्छ।
त्यस्तै पहाडको फेंदबाट लिइएको नापोमा सबैभन्दा अग्लो चुचुरो हवाईको ‘मौना कि’ हो। तर, यसको अधिकांश भाग समून्द्र भित्र डुबेको छ। (द हिन्दुको सहयोगमा तयार पारिएको)