उदयपुर – उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बुवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ती पुरुषलाई केही समययता आफ्नै छोरीमाथि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो ।
छोरी बलात्कार गरेको अभियोगमा निवेदन परेपछि बिहीबार उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए । पीडित बालिकालाई जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गराइएको पनि प्रहरीले बताएको छ ।