दाङ–दाङमा झोलुंगे पुलबाट खस्दा एक जना गम्भिर घाईते भएका छन् । शनिबार दिउँसो बबई गाउँपालिका–५ पुरन्धारा झरना क्षेत्रमा घुम्न गएका एक जना युवा झोलुंगे पुलबाट खस्दा घाईते भएको प्रहरीले जनाएको छ। टिकटक भिडियो बनाउने क्रममा झोलुंगे पुलबाट खस्दा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षिय रमेश थापा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकलमा पठाइएको छ ।