गैंडाकोट- नवलपरासी पूर्व स्थीत कालिगण्डकी करिडोरमा ट्रक खस्दा ३ जनाको ज्यान गएको छ। गैँडाकोट नगरपालिका ३ स्थित भोक्रोफाँटमा कालिगण्डकी करिडोरको सडकबाट ना ३ ख ५३३९ नम्बरको सिमेन्ट बोक्ने ट्रक खस्दा ३ जनाको घट्नास्थलमै मृत्यु
भएको हो।
मृतक तिनै जना पुरुष रहेको र थप विवरण नआइसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जनाएको छ। बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गरेको ट्रक पहराबाट करिब एक सय मिटर तल खसेको छ ।