चितवन- इलाका प्रहरी कार्यालय भण्डाराले १८ केजी अवैध लागुऔषध गाँजासहित बाबुछोरालाई शुक्रबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका–७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनीका १२ वर्षीय छोरा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ।
प्रहरीका अनुसार उनीहरुलाई राप्ती नगरपालिका–४ झरना जाने सडकबाट पक्राउ गरिएको हो। जाँचका क्रममा उनीहरुको साथमा रहेको कालो झोलामा गाँजा भेटिएको प्रहरीले जनाएको छ। थप अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय खैरहनी ल्याइएको छ।
गैँडाको आक्रमणबाट एक घाइते
पूर्वी चितवनको खैरहनीमा गैँडाको आक्रमणबाट एक घाइते भएका छन् । घाइते हुनेमा खैरहनी नगरपालिका–११ का ४५ वर्षीय फुलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार तामाङलाई गैँडाले घर नजिकैको बारीमा आक्रमण गरेको हो। शुक्रबार राति गैँडाले आक्रमण गरेका उनीको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस