ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा भिषण आगलागी भएको छ। विहान ९ बजेदेखी लागेको आगो तिब्र रुपमा फैलिएको छ ।
स्थानिय फावाखोला सिम्बु सामुदायिक बन क्षेत्रमा आगलागी भएको हो । अहिले नेपाली सेना र स्थानियको टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
बिहीबार पनि सो वन क्षेत्रमा डढेलो लागेकाे थियो। मन्दिरका कर्मचारी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए।