गुल्मी-गुल्मीमा गएराती ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको ज्यान गएको छ ।
रेसुङ्गा नगरपालिका– १३ भगारिका २६ वर्षका टोप बहादुर रजालि र २३ वर्षका बालकृष्ण भुजेलको ट्रकको ठक्करबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।
उनीहरुलाई बुटवलबाट तम्घास आउदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारी स्थित मसिने खोलामा ठक्कर दिएको थियो ।
दुबै जनाको घटना स्थलमै ज्यान गएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतकको शवलाई पोष्टमार्टकको लागि गुल्मी अस्पताल तम्घासमा राखिएको छ ।