बुटवल- बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आइसियुमा उपचाररत एक संक्रमित बेपत्ता भएका छन्। विहान साढे ५ बजेतिर सौचालय जान्छु भनेर निस्किएका उनी त्यहाँबाट भागेको लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। बुटवल १३ बेलवासका ५५ वर्षिय ति पुरुष पुस ८ गतेदेखी कोरोना अस्पतालमा भर्ना भएका थिए।
शौचालयबाट भागेको देखेपछि अस्पतालका कर्मचारी र कुरुवाहरूले केहीबेर पिछा गरे पनि राजमार्ग पार गरेर जंगलभित्र पसेपछि नियन्त्रणमा लिन नसकिएको कोरोना अस्पतालको स्वास्थ्यकर्मीले बताएका छन् । अस्पतालबाट भागेर तिलोत्तमाको जानकीनगरमा रहेको पौवा होटलमा पुगेर कफि खाएको थाह भएको र त्यसपछि सम्पर्क हुन नसकेको डा. गौतमले बताए।
‘जंगलै जंगल भाग्नुभयो । अनि तिलोत्तमाको होटलमा पुगेर कफि पनि खानुभयो रे भन्ने कुरा बुझियो।’ उनले भने ‘त्यसपछि कुनै सम्पर्क छैन।’