काठमाडौँ- लुम्बिनी चिनी उद्योग प्रा.लिका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा उनलाई प्रहरीले विरगञ्जबाट पक्राउ गरेको हो ।
उखु किसानलाई उनको चिनी मिलले १६– १७ करोड तिर्न बाँकी छ । महानगरिय अपराध महाशाखा काठमाण्डौको आग्रहमा उनलाई पर्साबाट पक्राउ गरिएको हो । अग्रवाल विरुद्ध नवलपरासीमा उखु किसानको उजुरी छ ।
उनलाई थप अनुसन्धानका लागि नवलपरासी पठाइएको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।