कपिलवस्तु–कपिलवस्तु प्रहरीले एक किशोरीको हत्याको अभियोगमा एकजना युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
कपिलवस्तु शिवराज नगरपालिका ३ मदवाकी १६ वर्षीया दीपा रोकाको हत्याको अभियोगमा शिवराज ४ का २० वर्षीय अल्ताफ बढईलाई प्रहरीले पक्राउ गरेको हो।
गत शनिबार घरबाट बेपत्ता भएको भनिएकी किशोरी स्थानीय मधवा खोलामा मृत फेला परेकी थिइन्। किशोरीलाई जिस्काउने क्रममा प्रतिवाद गरेपछि बढईले घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ।
घटनास्थलमा बढइको पर्स र किशोरीको मोबाइल बढईसँग फेला परेकाले उनले नै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए।