बुटवल । बुटवलमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मिलनचोकस्थित पश्चिमाञ्चल फाइनान्स अगाडि आज दिउँसो ११ बजे मिक्सचरले मोटरसाइकललाई ठक्कर दिंदा घाइते भएका मोटरसाइकल चालक गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं ४ का २० बर्षीय सरोज भण्डारीको उपचारका क्रममा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पश्चिमाञ्चल फाईन्नस अगाडी चौराहाबाट मिलनचोक तर्फ जाँदै गरेको लु. ३५ प १०९१ नम्बरको मोटरसाइकललाई ओभरट्याक गर्ने क्रममा लु १ क ३३७० नम्बरको मिक्सचरले ठक्कर दिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक सरोज भण्डारीलाई पहिले लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र थप उपचारका लागि मणिग्राम स्थित क्रिमशन अस्पताल रिफर गरिएको थियो । सरोजको उपचारको क्रममा क्रिमशन अस्पतालमा १ बजेर ४५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल, मिक्सचर र मिक्सचर चालकलाई लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा राखिएको छ ।