बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगरमा केहीबेरअघि सवारी दुर्घटना भएको छ । शंकरनगर चोक नजिकै फुटपाथमा रोकिराखेको प्र–३–०१०२४–च–४०२६ नम्बरको कारमा भैरहवातिर बाट बुटवल आउँदै गरेको लु ५३ प ३३५७ नम्बरको स्कुटर ठोकिएको थियो ।
दुर्घटनामा परी स्कुटर चालक बर्दघाटका ३८ बर्षीय मनोज आले र सोही स्कुटरमा सवार ४० बर्षीय हरि सापकोटा घाइते भएका छन् । दुवै जनाको हात र खुट्टामा गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले बताए । उनीहरुलाई उपचारको लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको छ ।