काठमाडौँ-यौन हिंसाको आरोपमा काठमाडौँमा एक जना प्राध्यापक पक्राउ परेका छन्। प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य पक्राउ परेका हुन् ।
क्याम्पसकी एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिँसा गरेको आरोपमा प्रहरीले उनलाई कलेजबाटै पक्राउ गरेको हो । आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको महानगरिय प्रहरी परिषर काठमाडौँले जनाएको छ।