बुटवल । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं १४ मा सवारी बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी बसमा सवार १० जना घाइते भएका छन् ।
सिमलपानीको स्थानीय बजारबाट कपिलवस्तु आउँदैं गरेको लु १ ख ७८१४ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार घाइतेहरुको अवस्था समान्य छ । उनीहरु लाई भैरहवा र कपिलवस्तुका दुई अस्पतालमा उपचारका लागि लगिएको छ । बसमा १५ जना यात्रु सवार थिए ।