बुटवल । थारु समूदायको ठूलो चाड माघीको अवसरमा लुम्बिनी प्रदेश सरकारले दुई दिन विदा दिएको छ । भोली विहीबार र पर्सी शुक्रबार विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता माधवराज मरासिनीले बैशाख १० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेशभर दुई दिन विदा दिइएको जानकारी दिए ।
लुम्बिनी प्रदेशमा दाङ, कपिलवस्तु, बाँके, बर्दिया र रुपन्देहीमा माघी मनाउने थारु समूदायको बसोबास धेरै छ ।