बुटवल । माघे संक्रान्ति र माघीको अवसरमा लुम्बिनी प्रदेश सरकारले माघी मिलन कार्यक्रमको आयोजना गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलको निजी निवासमा माघी मिलन कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा प्रदेशका जनप्रतिनिधिहरु, उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवीलाई निम्तो गरिएको छ। माघी र माघे संक्रान्तिको अवसरमा दुई दिन बिदा दिएको छ।
लुम्बिनीमा भोलि बिहीबार र पर्सी शुक्रबार बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता माधवराज मरासिनीले वैशाख १० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेशभर दुई दिन बिदा दिइएको जानकारी दिए ।
लुम्बिनी प्रदेशमा दाङ, कपिलवस्तु, बाँके, बर्दिया र रुपन्देहीमा माघी मनाउने थारु समूदायको बसोबास धेरै छ। माघे संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेशका विभिन्न तीर्थस्थलहरुमा संक्रान्ति मेला लाग्दैछ।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७, १६:५५:००