नेपालगञ्ज । राष्ट्रिय अनुसन्धान विभाग, बाँकेमा कार्यरत सहायक सूचक प्रवीण थापामगर मृत अवस्थामा फेला परेका छन् । उनकाे मृत शरिर लग्दहवास्थित तोरीबारीमा फेला परेकाे हाे ।
अनुसन्धान स्रोतका अनुसार बिहीबार अपरान्ह सवा पाँच बजेसम्म थापामगर सम्पर्कमा रहेका थिए । उनको शव आज दिउँसो भेटिएको बाँके प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको शरिरमा कुटपीटको डाम देखिएकाले कसैले हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ । बाँके प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।