दाङ । तीन दिनअघि राप्ती नदिमा नुहाउने क्रममा वेपत्ता भएका एक युवककाे शव गाेताखाेरकाे टाेलीले फेला परेकाे छ । राजपुर गाउँपालिका-२ गैरा गाउँ निवासी २४ बर्षिय प्रदिप चाैधरी नुहाउने क्रममा माघ १ गते वेपत्ता भएका थिए । सशस्त्र प्रहरी बलकाे सम्शेरगञ्ज बाट आएकाे गाेताखाेरकाे टाेलीले नदिमा शव डुबेकाे अवस्थामा फेल पारेकाे इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिए । शवलाइ पाेष्टमार्टमकाे लागि लमही अस्पताल ल्याइएको छ ।