दाङ । दाङको लमही नगरपालिका वडा नं. ५ मा रहेको अजम्मरी सामुदायीक वन उपभोक्ता समुहको वन क्षेत्रमा एक जना पुरुष व्यक्तिको शव फेला परेको छ । नुवाकोट घर भएका २८ बर्षिय रमेश तामाङ्ग लामाको शव झुण्डीएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
उनी धनुसा जिल्लाको सशस्त्र प्रहरी बलबाट सरुवा भएर सशस्त्र प्रहरी बल ४१ नम्बर गण हेड क्वाटर अर्जुनखोला आएको तर हाजिर नहुदै उनको शव झुण्डीएको अवस्थामा फेला परेको स्रोतले जनाएको छ ।
श्रोतका अनुसार उनी एक रात लमहीको होटलमा बास बसेका थिए । झुण्डिएर आत्महत्या गरेको हो या अन्य केही कारण हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । सशस्त्र प्रहरीमा उनी परिचर पदमा कार्यरत थिए ।