दाङ । ग्याँस लिक भएर भएको आगलागीमा परेर गम्भीर घाईते भएका एक जनाको उपचारको क्रममा निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका–१७ निवासी ४० बर्षीय बसन्त वलीको उपचारको क्रममा मृत्यु भएको हो ।
माघ १ गते आगलागी हुँदा गम्भीर घाईते भएका वलीको कीर्तिपुर बर्निङहर्ट अस्पतालमा उपचारको क्रममा मंगलवार राति साढे ९ बजेतिर मृत्यु जनाईएको छ । कुखुराका बच्चा निकाल्न तापक्रम दिनेक्रममा आगलागी भएको हो । आगलागीबाट घाईते भएकी उनकी श्रीमती गिताको भने काठमाडौंमै उपचार भइरहेको छ ।