काठमाडौं । भ्रष्टचार अवधारणा सूचकांक सार्वजनिक गर्दै इन्टरनेशनर ट्रान्सपरेन्सीले नेपालमा भ्रष्टाचार झन् मौलाउँदैं गएको तथ्या सार्वजनिक गरेको छ ।
भ्रष्टाचार हुने मुलुकको सूचीमा १ सय १३ औँ स्थानमा रहेको नेपाल अहिले ११७ औँ स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ । १०० अंका गरिने मूल्यांकनमा नेपालले हाल ३३ अंक पाएको छ । गत वर्ष नेपालको अंक ३४ थियो ।
भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्कमा नेपाल गत वर्षको तुलनामा झन् खस्किएको ट्रान्सपरेन्सी इन्टरन्याश्नलले जनाएको छ । उक्त अन्तर्राष्ट्रिय संस्थाले सार्वजनिक गरेको भ्रष्टाचारको अवधारणा सूचकाङ्क (सीपीआई) अनुसार ३३ अङ्क प्राप्त गर्दै नेपाल ११७औँ स्थानमा छ। गत वर्ष नेपाल ११३ औँ स्थानमा थियो ।
दक्षिण एशियाबाट भुटान सबैभन्दा माथि २४ औँ स्थानमा र अफगानिस्तान १६५ स्थानमा छन्। कुल १८० देशमध्ये न्यूजील्यान्ड र डेनमार्क ८८ अङ्कसहित सुशासन कायम राख्ने देशमध्ये शीर्ष स्थानमा छन्।
यो प्रतिवेदन विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भीडीइएमसमेत गरी ६ वटा संस्थाको सर्वेक्षणका आधारमा तयार भएको हो । जसमा भनिएको छ–‘सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग रहनु, सार्वजनिक पदाधिकारीमाथि कारबाहीमा कमी हुनु, व्यापार व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु जस्ता समस्या कायमै छ ।’