दाङ । रोल्पामा तेल बोकेको ट्याङ्कर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । रोल्पा नगरपालिका वडा नं. १ भदौरे मन्दिरको घुम्तीनिर तेल बोकेको ट्याङ्कर दुर्घटना हँुदा चालक ४५ बर्षीय हरबजन सिंहको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि रोल्पा अस्पताल लैंजादै गर्दा बाटो मै मृत्यु भएको जनाइएको छ । दुर्घटनामा परेर सहचालक १९ बर्षीय सुनिल शंकर सामान्य घाइते भएको प्रहरी प्रवक्ता सन्तोष केसीले जनाकारी दिएका छन् ।
नेपालगञ्ज डिपोबाट रोल्पामा रहेको जलजला पेट्रोल पम्पको तेल बोकेर आएको ट्याङ्कर दुर्घटनामा परेको हो । ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडकदेखि करिब ५० मिटर तल खसेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुन्धान भईरहेको प्रहरीले बताएको छ ।