गुल्मी - जिल्लाको सत्वती गाउँपालिकामा पहिरोमा परि ७९ घर उच्च जोखिममा थिए। स्थानीय सरकारले जग्गा व्यावस्थापन गर्ने र केन्द्रिय सरकारको बजेटमा प्रदेशले पुर्ननिर्माणको काम गर्ने निर्णय भएको थियो। जसका कारण उच्च जोखिमा परेका ७९ मध्ये प्रदेश सरकारले ४७ घर निर्माण गरिरहेको थियो। तर, सम्झौता भएपनि केन्द्र सरकारले बजेट दिएन।
जसका कारण निर्माण व्यावसायीले काम अलपत्र परेको छन्। घर अलपत्र परेपछि आफुहलाई नैतिक संकट आएको सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले बताए। प्रदेश सरकारले प्रति घर ३ लाख ५० हजारका दरले रकम दिने सम्झौता गरेको छ। त्यो बाहेक अझै ३२ घर प्रदेश सरकारले निर्माण गर्नुपर्ने छ। ती घरको बारेमा कुनै प्रक्रिया अगाडी नबढेका कारण घर अलपत्र परेका मात्रै नभएर नयाँ घरको पर्खाइमा बसेका ३२ घर परिवार पनि निराश हुन थालेको ढकालले गुनासो गरे।
पहिरोले सत्यवति गाउँपालिका वडा नं १, २, ३ र ४ वडामा ठुलो मानवीय तथा भौतिक क्षति पुरायो। केहीले पहिरोमा ज्यान गुमाए। तर, बाँचेका सयौ घर परिवार पनि अहिलेसम्म घर न घाटको अवस्थामा छन्।सत्यवति गाउँपालिका ३ ठुलोलुम्पेका नर बहादुर तरामु अहिले पनि अर्काको घरमा बसेका छन्। पहिरोले घरगोठ चर्किएपछि गाउँ छोडेका तरामुको आफ्नै घरमा टाउको ओत्ने सपना अझै पुरा भएन्। उनी उच्च जोखिममा परेका परिवारमा पर्छन्।
त्यस्ता परिवारको लागि सत्यवति १ अस्लेवाको देउडाँडामा घर निर्माणको काम सुरु भएको छ। सधै निर्माणाधिन घर नजिक आएर टोलाउँछन् तरामु। किन की घर अलपत्र परिरहेको छ। ‘घरसंगै मान्छे अलपत्र परियो, डेढ बर्ष बढि भए अर्काकोमा बसेको’ उनले भने,‘हामीलाई प्रकृतिसंग राज्यले पनि अन्याय ग¥यो ।’ सोही ठाउँमा सत्यवति गाउँपालिकाले पूर्ण क्षति भएका ८ घर निर्माण गरिरहेको छ।
सत्यवति ३ ठुलोलुम्पेकका यम बहादुर तरामुको पहिरोमा घरगोठ बगे। छिमेक र त्रिपाल गरेर एक बर्ष निकै कष्ट सहे। अहिले चिटिक्कको घर पाएका छन्। सत्यवति गाउँपालिकाले जग्गा व्यावस्थापन र प्रति परिवार ५ लाख उपलब्ध गराएको छ। अहिले उनले घर निर्माण गरेर सकेका छन्। सत्यवति गाउँपालिकाले दाताहरुको सहयोगमा पहिरोमा पूर्ण क्षति भएका २४ घर निर्माण गरेको छ।
प्रदेश सरकार र संघिय सरकारले बिपन्न पहिरो पीडितसंग झेल गरिरहेको स्थानियको गुनासो छ। पहिले जग्गा प्राप्ति र कार्यविधी निर्माणका कारण बिलम्ब भएको पुर्ननिर्माणको काम फेरि रकम अभाव देखाएर अलपत्र पारिएको छ। केहि दिन अघि प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा र गाउँपालिका प्रमुख पारिश्वर ढकालसहितको टोलीले अलपत्र पुर्ननिर्माणको बारेमा अनुगमन गरेका थिए।
अलपत्र घरहरुको अवस्था देखेर प्रमुख जिल्ला अधिकारी शर्माले काम छिटो सुरु गर्न केन्द्र र प्रदेशमा आफुले समन्वय गर्ने बताइन्। ‘एकै ठाउँमा कुनै घर निर्माण भइसक्नु र केहि घर अलपत्र पर्नु दुखद बिषय हो,’उनले भनिन,‘अबिलम्ब काम गराउने बिषयमा प्रशासनको तर्फबाट समन्वय गर्छौ ।’