विरगज- पर्सामा भारतीय तस्करको आक्रमणबाट दुई जना सशस्त्र प्रहरी घाइते भएका छन्। शुक्रबार बिहान नेपाली भूमिमा छिरेर बालुवा उत्खनन् गर्न थालेका भारतीय तस्करलाई रोक्ने क्रममा सशस्त्र प्रहरीका २ जना घाइते भएका हुन्।
पर्साको जीराभवानी गाउँपालिका–१ पिपरडारीस्थित ओरीया खोलामा भइरहेको बालुवा तस्करी रोक्ने क्रममा सशस्त्र प्रहरीका २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएको पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए।
आयुषको कन्चटमा चोट लागेको छ भने नरेशको देब्रे हात भाँच्चिएको छ। उनीहरु दुवै जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ।