काठमाडौँ- गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजिक प्रहरी पुगेको जानकारी दिएका छन्। उनले उक्त घटनाका दोषीलाई छिट्टै पक्राउ गरी कानूनी कठघरामा उभ्याउनेसमेत बताए।
सर्वोच्च अदालत बार एशोसियशन,महिला समितिको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको गृहमन्त्रालयमा आज भएको भेटमा मन्त्री थापाले उक्त घटनामा सरकार गम्भीर रहेकोसमेत बताए। कञ्चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको जानकारी गराउँदै गृहमन्त्री थापाले विगतबाट पाठ सिकेर टुङ्गोमा पु¥याउने गरी छानबीन प्रक्रिया अघि बढेको जानकारी गराए।
महिला हिंसा रोक्न सरकार गम्भीर रहेको दोहो¥याउँदै उनले यसैका लागि नेपाल प्रहरीमा महिला सेलको स्थापना गरिएको हो भने। उनले हिंसा बलात्कारका घटना हुन नदिन र यस्ता घटना भएमा तत्काल दोषी पहिचान गरी कानूनी कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकेकोसमेत बताए।
महिला कानून व्यवसायीले उक्त घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका छन्। विसं २०७५ साउन ११ मा कञ्चनपुरकी पन्तको बलात्कारपछि हत्या भएको थियो। उक्त घटनाको दोषी अहिलेसम्म पहिचान हुन नसकिरहेका बेला गएको गत माघ २२ गते बैतडीकी भट्टको पनि बलात्कार पछि हत्या भएको थियो।रासस