बैतडी । बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टको हत्यामा संलग्न भएका आशंकामा प्रहरीले पक्राउ गरेका आरोपी दिनेश भट्टले प्रहरीसँगको बयानमा आफूले हत्या गरेको स्वीकार गर्दै बयान दिएका छन् ।
भागरथी पढ्ने विद्यालयमा कक्षा ११ मा पढ्ने उनका नजिकका भाइसमेत रहेका दिनेश भट्टले साविक समयभन्दा निकै अघि विदालयबाट निस्केर उनको हत्या गरेको प्रहरीले बताको छ ।
यसअघि प्रहरी र परिवारका सदस्यलाई आफू पुरै कक्षा पढेर आएको बताए पनि विद्यालयको रेकर्ड र खोचलेकमा भेटिएका साथीहरुका आधारमा उनी टिफिन समयमा नै घर गएको देखिएपछि प्रहरीको अनुसन्धान उनीतिर केन्द्रित पारिएको थियो ।
प्रहरीले दिनेशलाई ३:२५ मा घटनास्थल नजिकैको लवलेकको नवनिर्मित मैदान नजिक देखेको प्रत्यक्षदर्शीले बताएका छन् । ’प्रत्यक्षदर्शीका आधारमा अनुसन्धान अझ सहज भएको प्रहरीले जनाएको छ ।
दिनेश शव भेटिएको दिन घटनास्थलमा थिए । उनी केही बेर मात्र घटनास्थलमा बसेर छिट्टै घर फर्किए । त्यसदिन घटनास्थलमा पुगेका प्रहरीहरुले घटनास्थल सिल पारिसकेको थियो । त्यहाँ प्रहरीको तालिम प्राप्त कुकुर आउने भएकाले घटनास्थलमा कसैलाई नजान भनिएको थियो ।
भागरथीको शव उठाएको दिन अथवा घटनास्थलमा धनगढीबाट तालिम प्राप्त कुकुर पुगेको दिन दिनेश त्यहाँ गएनन् । ‘उनको ट्राभल हिस्ट्री हेर्दा उनी तालिम प्राप्त कुकुर आएको दिन गोठालो गएका रहेछन्,’ एक प्रहरी अधिकृतले भने ।
दिनेशले भागरथीको हत्या गरेको साविति बयान दिएपनि उनले बलात्कारका बारेमा भने मौनता देखाएको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल बैतडीले भागरथीको यौनांगमा यौनजन्य गतिविधि भएको र घाँटी निमोठेर हत्या भएको पोष्टमार्टम रिपोर्ट प्रहरीलाई बुझाएको छ । यसबारेमा अझै विस्तृत अध्ययन हुन बाँकी रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार अपराध स्वीकार गर्ने क्रममा आरोपी दिनेश निकै बेर रोएका थिए ।
यस्तो छ बयानः
म मध्यान्तरमा स्कुलमा (सनातन धर्म मावि) भलिबल खेलेर घर आए । त्यसपछि खोचलेकमा मेरो भागरथीसहितका अरु तीनजना आफ्नै गाउँका युवाहरुसँग भेट भयो । उनीहरु कपाल काट्न थाले । म त्यहाँबाट घरतिर हिँडे । मैले सिल्ल भन्ने स्थानमा भागरथीलाई भेटे र म फटाफट ती भन्दा अगाडि घरतिर लागे ।
घटनास्थल भएको स्थानमा म भागरथी भन्दा अगाडी नै पुगिसकेको थिए । केही बेरमा भागरथी आइन्। उनले पुग्ने वित्तिकै मैले सडकबाट धक्का दिएर सानो खोल्सोमा (जहाँ शव भेटिएको थियो) लडाए । उ लडी र घाइते भइ । अनी मैले घाँटी थिचेर मारिदिए । त्यसपछि म घर हिँडे ।