गुल्मी-गुल्मीको पराल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ, ६ जना घाइते भएका छन् । बुधबार तम्घासबाट रेसुंगा नगरपालिका १४ पराल्मी जाँदै गरेका लु १ ज १९८८ नम्बरको जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा रेसुंगा नगरपालिका १४ का ४८ बर्षीय एक बहादुर पोख्रेलको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए । त्यस्तै पराल्मीकै ४७ बर्षीय गोमा नेपाली र २८ बर्षीय शान्ता नेपालीको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको पाण्डेयले जानकारी दिए ।
त्यस्तै रेसुंगा नगरपालिका १४ का जिप चालक २२ बर्षीय भरत पोख्रेल, २७ बर्षीय बिर बहादुर सुर्यवंसी, ३७ बर्षीय गोमा सामत, ६५ बर्षीय देव बहादुर नेपाली, २७ बर्षीय प्रकाश नेपाली र साढे ४ बर्षीय खुसी नेपाली घाइते भएकी छन् । जिप सडकबाट २ सय मिटर तल खसेको छ । दुर्घटना घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेर गुल्मी अस्पताल तम्घास ल्याएका थिए ।
चालक भरत पोख्रेल र विर बहादुर सुर्यवंशीको गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल प्रभास पाल्पा रेफर गरिएको प्रहरीले जनाएको छ । बाँकी चार जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । ओसेपिलो ठाउँमा जिप चिप्लीएर सडकबाट तल खसेको स्थानीयको भनाई छ ।