काठमाडाैँ- ६ लाख घुस सहित मालपोत कार्यालय बाराका प्रमुख र लेखापढी व्यवसायी पक्राउ परेका छन्। अख्तियार अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालयका प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई घुस सहित पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले कार्यालय प्रमुख खनाल र बडाललाई ६ लाख रुपैयाँ घुस रकमसहित शुक्रबार जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित जर्गा होटलबाट नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार खनाल र बडालले सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भन्दै फुकुवा गराउने प्रक्रिया मिलाएबापत घुस रकम मागेका थिए।
पक्राउ परेका दुवै जनामाथि थप अनुसनधान भइरहेको आयोगले जनाएको छ।