पाल्पा -पाल्पामा बालुवाको ढिस्कोले पुरेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिका वडा नं. ४ स्थित छेबकुनमा रहेको बालुवा खानीबाट बालुवा निकाल्दै गर्दा पूर्वखोला गाउपालिका ४ बलीपोखराकी १३ वर्षीय पवित्रा सारु र ३६ वर्षकी मायादेवी सिंहको बालुवाको ढिस्कोले च्यापेर मृत्यु भएको प्रहरीले जनाएको छ।
सारुको घटनास्थलमै र घाईते भएकी सिंहलाई उपचारको मेडिकल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिए ।