रामपुर- पाल्पाको रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका– ७ किसानबारी स्थित भित्रि सडक खण्डमा लु १३ प ६८१४ नं. को मोटर साइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घट्नामा परि रामपुर – ६ बिजयपुर बस्ने बर्ष ३० को सन्जु आलेको मृत्यु भएको हो ।
दुर्घट्नामा परि घाईते आलेको उपचारको लागि रामपुर अस्पताल पाल्पा पठाएकोमा डाक्टरद्वारा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।