बुटवल- रूपन्देहीमा भएको दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । भैरहवाबाट परासीतर्फ जाँदै गरेको र परासीबाट भैरहवा जाँदै गरेका ३ ट्रक अनियन्त्रित भई एकापसमा ठोक्किदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ ।
भैरहवा -परासी सडकमा रुपन्देहीको रोहिणी गाँउपालिकामा पर्ने ४ छिपागढमा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बिहान हुस्सु लागेको बेला अत्याधिक गतिमा रहेका ट्रकहरु ठोक्किएका हुन ।
भैरहवादेखि परासी तर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीदेखि भैरहवा तर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भएको छैन ।
घाइते मध्ये ४ जनाको अवस्था गम्भिर छ भने अन्य ५ जना पनि घाइते भएका छन् । घाइतेलाई भैरहवा स्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेज पठाईएको छ ।