बुटवल । रुपन्देहीको सैनामैना रामापुरमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते १ जनाको अवस्था गम्भिर रहेको छ ।
लु ४२ प ७०९६ नम्बरको मोटरसाइकल, लु ३५ प ५०१९ नम्बरको मोटरसाईकल र लु २४ प ७४७२ नम्बरको स्कुटी एकआपसमा ठोकिदा २ जनाको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
दुर्घटनामा परि सैनामैना ७ का अन्दाजी वर्ष २१ का सुदिप चौधरी र नविन चौधरीको मृत्यु भएको हाे । दुर्घटनामा घाईते भएका सन्तराम चौधरीको बुटवल प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । तीन जना बिहेमा सहभागी भएर फर्किदै थिए ।
घाईतेको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।