रुकुमपूर्व- रुकुम पूर्वमा दुईजना किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा दुई युवा पक्राउ परेका छन्। जिल्लाका १४ र १५ वर्षिय किशोरीलाई अपहरण गरी बन्धक बनाएर करणी गरेको आरोपमा प्रहरीले २३ वर्षको युवा र १४ वर्षको किशोरलाई पक्राउ गरेको हो। किशोरी बेपत्ता भएको ८ दिनमा खोजतालासको क्रममा रुकुमकोटमा बन्धक भएको अवस्थामा फेला परेका हुन्।
२३ वर्षिय युवकको कोठामा बन्धन बनाएर राखेको अवस्थामा उनीहरुलाई फेला पारिएस्को रुकुम पूर्वका प्रहरी नायव उपरिक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए। ‘उनीहरुले प्रलोभन देखाएर कोठामा लिएर आए र बन्धक बनाएर राखेका रहेछन्।’ उनले भने।
पक्राउ परेका दुई जनामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ ।
पक्राउ परेकाको नाम भने प्रहरीले खुलाएको छैन। एक जना नावालक भएको र एकजना बालिगको पनि नावालकसँग सम्बन्ध रहेकाले दुबैको नाम सार्वजनिक नगरिएको डिएसपी श्रेष्ठले बताए।