कनकाई : कोरोना सङ्क्रमणका कारण झापाको कनकाईमा एक महिलाको मृत्यु भएको छ । कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी ४० वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको कनकाईका कोरोना फोकल पर्सन लक्ष्मी अधिकारीले जानकारी दिइन् ।
केही दिनअघि भारतको झारखण्डस्थित पाकोड बस्तीमा घर भएकी आफ्नी छोरीसँग भेटघाटका क्रममा छोरीको घर गएकी ती महिला उतै बिरामी परको बताइएको छ । शुरुमा सामान्य रुघाखोकीको समस्या देखिएपछि भारतमै भएको उपचारपछि नेपालमा थप उपचारका लागि उनलाई विर्तामोडस्थित एक अस्पतालमा भर्ना गरीएको थियो ।
अस्पतालमा भर्ना भए लगत्तै भएको कोरोना परीक्षणबाट उनको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । भेन्टिलेटर सहितको सघन उपचार कक्षमा लगातार १० दिनसम्म उपचाररत महिलाको आज बिहान अस्पतालमै निधन भएको जनाइएको छ ।
मृतक महिलाको शव नेपाली सेनाले परिवारसहित आफन्तको उपस्थितीमा कनकाई घाटमा अन्त्यष्टि गरेको छ । रासस