काठमाडौं : मेलम्चीको खानेपानी आज बाट काठमाडौँमा वितरण गरिएको छ। महाँकाल क्षेत्रमा रहेको टेयाङ्कीको भल्भ खोलेर वितरण गर्न शुरु गरिएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको (केयूकेएल) अनुसार सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा बिच्छ्याइएका पाइपलाइनहरुको सफल परीक्षण पश्चात महाँकालचौरको ट्याङ्कीमा पानी आइपुगेको हो । आइतबार दिउँसो देखिनै महाँकालचौर क्षेत्रमा वितरण गरिन्छ।
पहिलो चरणमा आज ४ करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरुमा जम्मा हुने योजना रहेको छ ।
पोखरीमा पानी जम्मा गरिसकेपछि साँझ सम्ममा मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी वितरण गरिनेछ । आज ४ करोड लिटर पानी वितरण गरिने शाक्यले बताए।