दैलेख : दैलेख जिल्लाको नौमुले गाउँपालिका–३ बालुवाटारका ११ वर्षीय एक बालकको ढुङ्गाले च्यापिएर मृत्यु भएको छ ।
मृत्यु हुँनेमा पदम बहादुर दर्लामी मगरका ११ वर्षीय छोरा प्रकाश दर्लामी मगर रहेको प्रहरीले जनाएको छ ।
गाउँपालिका–२ मा पर्ने द्धारी जंगलमा काफल खान गएका प्रकाश दर्लामी मगरको घर फर्कने क्रममा द्धारी खोलामा खेलिरहेको ढुङगा पल्टिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए ।