काठमाडौँ : होली खेल्ने क्रममा एसिड प्रहार हुँदा तीन जना घाइते भएका छन् । आइतबार शंखरापुर नगरपालिका-१ मा होली खेल्दा डेरीमा दुध जमाउन राखेको सल्फ्युरिक एसिड हान्दा एक बालक र दुई बालिका घाइते भएका हुन् ।
महानगरिय प्रहरी परिसरका प्रवक्ता सुशिलसिंह राठौरका अनुसार १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् । 'होलीमा उनीहरूले पानी ठानेर सल्फरिक एसिड हानेको हुनसक्छ' प्रवक्ता राठौरले इकागजसँग भने 'डेरीमा दुध जमाउन राखेको रहेछ रङ घोलेर हानेछन् ।' उनले भने । उनीहरूमध्य एक जना डिस्चार्ज भइसकेका छन् ।
प्रहरीले १७ वर्षीय पवन पहाडी र १८ वर्षीय आकाश तामाङलाई पक्राउ गरेको छ । त्यस्तै सरस्वती दुग्ध उत्पादन सहकारी संस्थाका संचालक ४४ वर्षीय केशव नेपाललाई पनि पक्राउ गरिएको राठौरले बताए ।