भैरहवा ः सिमा नाकामा ‘एक व्यक्ति १० मास्क’ अभियान अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले लुम्बिनी प्रदेशमा १८ हजार मास्क वितरण गरेको छ ।
कोभिड–१९ को दोस्रो लहर छिमेकी मुलुक भारतमा तिव्र गतिमा बढेकाले नेपालको सिमा नाकामा सरकारले कडाइ गरेको छ । विशेषगरी सिमानाका समुदायहरुमा संक्रमण नफैलियोस भन्ने ध्ययेले यो एक व्यक्ति १० मास्क अभियान शुरु गरिएको हो ।
नाकाका हेल्थ डेस्कलाई सक्रिय गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलसहितको टोली भैरहवा पुगेको छ ।
भारतसँग सिमा जोडिएको हरेक नाकाहरुमा आवश्यक्ता अनुरुप हेल्थ डेक्स थप गरिन्छ । जसबाट प्रभावकारी सेवा उपलब्ध गराई समुदायस्तरमा संक्रमण फैलिन नदिने सरकारको योजना रहेको महाशाखाका निर्देशक डा.पौडेलले बताए ।
लुम्बिनी प्रदेशका नाकामा भारतबाट नेपाल आउनेहरुलार्ई स्वास्थ्य परीक्षण गरी लक्षण देखिएका संक्रमितलाई अस्पतालमा र संक्रमणको शंका लागेकाहरुलाई आइसोलेसन सेन्टरमा पठाउने गरिएको छ ।