भैरहवा : भीम अस्पताल लीलाराम न्यौपाने आकस्मिक ब्लकबाट सेवा सुभारम्भ भएको छ ।
लीलाराम कुन्तिदेवी न्यौपाने प्रतिष्ठानको सहयोगमा निर्मित आकस्मिक कक्षको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेसँगै सेवा सुभारम्भ भएको हो ।
२०७६ साल मंसिरमा शिलान्यास भई १६ महिनामा निर्माण सम्पन्न भएको २ तले अत्याधुनिक आकस्मिक भवन कोभिड महामारीले केही समय निर्माणको काम अवरुद्ध भएर सुभारम्भमा ढिलाई भएको होे । प्रतिष्ठानले आज औपचारिक कार्यक्रम मार्फत भवनको चाभी अस्पताललाई हस्तान्तरण गरी आकस्मिक कक्षको सेवा सुचारु गरेको प्रतिष्ठानका अध्यक्ष शोभाखर न्यौपानेले बताए ।
अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले दिगो सेवा मुलक कार्य गरी न्यौपाने परिवारले कठिन जीवन संघर्सबाट समाजमा आफुलाई कसरी स्थापित गर्ने कुरा पुष्टि गरेको बताए ।
जति मानव सम्पन्न हुदै जान्छ त्यती लोभी हुदै जान्छ । अहिलेको समाज जति धेरै धन आर्जन गरेर मन हराउने देखिन्छ तर न्यौपाने परिवारले त्यो दृष्टान्तलाई बदलेको छ, यो परिवारले धनसँगै मन जोड्न सकेको छ ।
मुख्यमन्त्री पोखरेलले भने ‘बुवा लिलाराम न्यौपानेको शिक्षा र मार्गदर्शनमाबाट चारै जना छोरा सफल उद्यमी हुनुभएको श्रेय र योग्दान परिवारको विकासमा रहेको आजको यस कार्यले देखाएको छ । जीवन संघर्सको अनुभवलाई भैरहवामा प्रयोग गरी सफल उद्यमी र समाजसेवीको रुपमा प्रस्तुत भएको छ ।’
चन्दा दिएर थाक्यै भन्नेहरुका लागि समाजमा यसरी देखिनेगरी दिगो काम गरेभने कसैले थकाउन सक्दैन । खुशी पार्नका लागि गरिएको चन्दा र सहयोगले समाजमा कुनै योग्दान गर्दैन । दिगो काम गरेर समाजले प्रतिफल पाउने गर्छ जस्को उदाहरण लिलारामले गरेको छ । एक पटकको लगानी जीवन भरिको सेवा परिवारले प्रस्तुत गर्छ ।
मुख्यमन्त्री पोखरेलले भने भिम जिल्ला अस्पतालको रुपमा रहे पनि प्रसुति सेवा अस्पतालको रुपमा खुम्चिएको थियो, अहिले प्रदेश सरकारको पहलमा सुधारको योजना सहित अघि बढेको छ । प्रदेश सरकारले भीमलाई ५० शैयाको बनाउने निर्णय गरेपनि अहिले सम्म २५ वेड कै छ । जनशक्ति व्यवस्थापन र पूर्वाधार विकास गर्न प्रदेश सरकार लागेको बताए ।
लुम्बिनी प्रादेशिक अस्पताललाई यहाँका विरामी काठमाण्डौ जान नपर्ने हिसाबको रुपमा बनाउन लागेका छौ । त्यस्को तयारीका लागि संरचना बनाउन लागेको छ, विर अस्पताल पछि सबै भन्दा बढि विरामी प्रादेशिक अस्पतालमा आउने भएपनि अस्पताल भित्रको सेवा कमजोर भएर नै अस्पतालका सटर भत्काएको बताए ।
भित्र विरामी जाँच हुन्छ बाहिर सटरमा रिफर हुने हुदा यसैको सुधारका लागि रातारात सटर भत्काएको मुख्यमन्त्री पोखरेलले बताए ।
सो अवसरमा बोल्दै नेपाली काग्रेसका प्रमुख सचेतक तथा संघीय सासद बालकृष्ण खाणले उद्योगी व्यवसायीहरु आफनो पौरखले अन्वेषणले व्यवसायिक क्षेत्रमा नयाँ कृति स्थापित गरेर नयाँ उचाईमा पु¥याएको बताए ।
राज्यको पहिलो दायित्व भनेकै आम नागरिकको अकाल मृत्युबाट रक्षा गर्नु हो, अहिले विविध कारणले राज्य आम नागरिकको जीवन रक्षागर्न सक्रिय नभएको अवस्थामा न्यौपाने प्रतिष्ठानले गतिशिलता लिएको नेता खाणले भने ।
राजनितिको मुल दायित्व नागरिकको रक्षा गर्नु हो । यस्तो महत्वपूर्ण भुमिका निजी क्षेत्रले निभाए पनि हामी जनप्रतिनिधी र राज्यको दायित्व यसलाई स्वास्थ्य लाभ दिई नागरिकको जीवन रक्षा गर्न सकिने नेता खाणले उल्लेख गरे ।
सो अवसरमा बोल्दै राप्रपाका वरिष्ठ नेता दिपक बोहरा, प्रदेश सासद सन्तोस पाण्डे, कृष्ण न्यौपाने, अस्पतालका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख एकराज विशवकर्मा, सिद्धार्थनगर नगरपालिकाका मेयर हरि प्रसाद अधिकारी लगायतले उद्योग व्यवसायमा भन्दा पनि समाज क्षेत्रमा बढि योगदान रहेको , भुल्नै नसकिने गरी काम गरेकोे बुवाको निरन्तरता छोराहरुले पनि गरिरहेको , जति वर्णन गरेपनि लिलाराम न्यौपानेको योग्दान भनेर नसकिने बताए ।
५५ सय वर्गफिटमा निर्मित उक्त भवनमा विरामी बोक्न लिफ्ट, अत्याधुनिक जर्मनमा निर्मित ड्रेगर कम्पनिका २ वटा भेन्टिलेटर, २५ वटा वेड, पेसेन्ट मोनिटर, ब्लक ग्यास ऐनालाइजर जस्ता आवश्यक उपकरण जडीत भवन भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शकुन्तला गुप्तालाई हस्तान्तरण गरिएको थियोे ।
सो अवसरमा बोलदै मेसु गुप्ताले अस्पतालको विकास हुनु भनेको स्वास्थ्य क्षेत्रसँगै समग्र प्रदेश र देशको विकास हुनु हो, प्रतिष्ठानले भेन्टिलेटर सहितको भवन र उपकरण दिएकोमा धन्यवाद दिदै कक्षको व्यवस्थापन र संरक्षणका लागि अस्पताल प्रशासन सधै तत्पर रहने बताइन ।
शिक्षा, साहित्य, खेलकुद, धर्म, सास्कृति लगायतको क्षेत्रमा सेवा र सम्मान गर्दै आएको प्रतिष्ठानले केही समय अन्य कामलाई थाती राख्दै यो महान कार्य गरेको प्रतिष्ठानका महासचिव विष्णु प्रसाद न्यौपानेले भने ।
बुवाको इच्छा अनुसार समाजीक क्षेत्रमा लगानी गरेका छौ । यो हाम्रो औधोगिक क्षेत्रको सामाजिक उत्तरदायित्व अन्तर्गतको नभएर केवल पारिवारिक प्रतिष्ठानको सामाजिक क्षेत्रमा सहयोग हो ।’ उनले भने ।
३ करोड २५ लाखको लागतमा निर्मित उक्त भवनमा आवश्यक अन्य उपकरणहरु पनि प्रतिष्ठानले जडान गरी जिल्लाकै नमुना सरकारी अस्पतालको रुपमा निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष शोभाखर न्यौपानेले बताए ।
भवन निर्माण र उपकरणमा कुनै पनि प्रकारको सम्झौता गरिएको छैन । विशुद्ध सेवा भावले निर्माण भएको अस्पतालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु न्यौपानेले भने ।
‘भविष्यमा अझै तला थप्ने गरी बेस बनाएका छौँ । प्रतिष्ठानले ५ वटा प्रदेशका १८ वटा विद्यालय सहित ६३ वटा बढि संघ संस्थालाई सहयोग, १ करोड वढि रकमको छात्रवृति, हरेक वर्ष देशको सेवामा योग्दान गर्ने डाक्टर, खेलाडी, सामाजिक अभियान्ता, शिक्षक र पत्रकारहरुलाई सम्मानित गर्दे आएको छ ।
केही फरक तरिकाले समाजको सेवा गरौ भन्ने अभिप्रायले अहिले आकस्मिक भवन बनाउन लागिएको प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रमकै अवसर पारेर सिद्धार्थनगर नगरपालिकाको मेयर हरि प्रसाद अधिकारीले प्रतिष्ठानकी संरक्षक कुन्ती देवी न्यौपाने, अध्यक्ष शोभाकर हरि न्यौपाने, दुर्गा न्यौपाने, महासचिव विष्णु न्यौपाने, शशी न्यौपाने लगायत परिवारलाई सम्मान समेत गरेका थिए ।
सो अवसरमा प्रतिष्ठानका महासचिव विष्णु न्यौपानेले सुनवल नगरपालिकाका प्रमुख भीम बहादुर थापा क्षेत्रीलाई सर्वोतम सिमेन्टको तर्फबाट १५ शैययाको अस्पताल प्रतिबद्धता पत्र समेत हस्तान्तरण गरेका थिए ।