बुटवल । अहिले देशभर स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभाव छ । नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापीय प्रणालीको पनि प्रभाव रहेको छ । त्यसैले देशको पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ साथै देशका केही स्थानहरूमा तुवाँलो लागेको अवस्था छ ।
बिहीबारदेखि शनिबारसम्म यस्तो रहनेछ मौसम
बिहीबार देशका पहाडी भू–भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुवाँलो रही रहने सम्भावना रहेको छ ।
शुक्रबार देशका पहाडी भू–भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ। प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुवाँलो रही रहने सम्भावना रहेको छ ।
शनिबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ। प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुवाँलो रही रहने सम्भावना रहेको छ ।