कैलाली । पश्चिम नेपालको कैलाली र कञ्चनपुरमा थप १५ जनामा कोरोना संक्रमित फेला परेका छन् । कैलालीमा रहेको सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १५ जनामा संक्रमण पुष्टि भएको हो । ७२ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार संक्रमित हुनेमा कैलालीको जोशीपुर गाउँपालिकाका चार जना, टीकापुर नगरपालिकाका दुई जना, गोदावरी नगरपालिकाका दुई जना, धनगढी उपमहानगरपालिकाका चार जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जना, कृष्णपुर नगरपालिकाका एक जनमा संक्रमण पुष्टि भएको हो ।