दाङ : दाङ–लमही नगरपालिकाले विहान ८ बजे बाट वेलुका ७ बजे सम्म कार्यालय खुला राखेर सेवा प्रवाह सुरु गरेको छ । चालु आर्थिक बर्षको अन्तिम चौमासिक सुरु भएकाले कामको चापलाई व्यवस्थापन गर्न बैशाख २ गते बिहिवारबाट विहान ८ बजे देखी बेलुका ७ बजे सम्म कार्यालय खुला राखिएको हो ।
आइतबार देखी विहिबार सम्म हरेक दिन विहान ८ बजे देखी वेलुका ७ बजे सम्म र शुक्रबार विहान ८ बजे देखी ५ बजे सम्म कार्यालय कार्यालयबाट सेवा दिइने निमित्त प्रमुख प्रशासकिय अधिकृत रविन्द्र क्षेत्रीले जानकारी दिए ।
‘नगरपालिकाबाट प्रदान गरिने सबै प्रकारका सेवा अतिरिक्त समयमा समेत प्रदान गरिन्छ’क्षेत्रीले भने–‘कामको चापलाई व्यवस्थापन गर्न अतिरिक्त समय थपिएको हो ।’