भैरहवा - नेपाल–भारतसँग सीमा नाका बेलहिया बन्द भएको छ। १९ अप्रिल अर्थात आज हुने उत्तरप्रदेश महराजगंजको दोस्रो चरणाको निर्वाचनका लागि सिमा बन्द गरीएको हो। बिहान ७ बजेदेखि साझ ६ बजे सम्म हुने ग्राम पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै दुवै देशका सुरक्षाा निकायको समन्वयमा सिमा बन्द गरिएको छ।
‘अतिआवश्यक बाहेक सबैको लागि सिमा बन्द छ, निर्वाचन सम्पन्न भएर मतगणाना स्थलमा सामाग्री पुगे सम्म साझ ६ बजे सम्म सम्पूर्ण सिमा पुर्ण रुपमा बन्द रहन्छ।’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले भने।
निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारण नाकाबाट आवत जावत गर्न नपाईने तर बिरामीहरुको हकमा भने सुरक्षा अधिकारीहरुको समन्वयमा व्यवस्था मिलाईने छ। नेपाल र भारतमा निर्वाचन हुँदा दुवै देशको सहमतिमा सीमा नाका बन्द हुदै आएको छ। निर्वाचनलाइ मध्यनजर गर्दै अन्य खुला सिमानामा पनि सुरक्षा गस्ती बढाईएको छ।