नेपालगञ्ज- बाँकेको नेपालगञ्जमा बुधबार राती १२ बजेदेखि एक हप्ता लकडाउन हुने भएको छ । जिल्ला कोभिड –१९ संकट व्यवस्थान केन्द्रको बैठकले बुधबार राती १२ बजेदेखि बैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
जिल्लामा कोरोना संक्रमण बढ्नुका साथै विरामीले अस्पतालका आइसियु समेत भरिएपछि लकडाउन गर्नुपरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।
बाँकेमा आइसोलेसनमा रहेका सक्रिय संक्रमितको सख्या ११ सय भन्दा बढी पुगेको छ । त्यस मध्ये नेपालगञ्जमा मात्र ८ सय जति पुगेका छन्।
परिक्षणको संख्या र विरामीको अवस्था हेर्दा लकडाउनको विकल्प नभएको सहायक प्रजिअ उपाध्यायले बताए।
लकडाउनको अवधिमा दैनिक उपभोग्य वस्तु लगायतका पसल मात्रै खोल्न पाइनेछ ।