बुटवल : लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा टंकप्रसाद पोखरेल मनोनित भएका छन् । तीन वर्षे कार्यकालको लागि, नेपाल चेम्बर अफ कमर्सको विधान बमोजिम पोखरेललाई प्रदेश अध्यक्षमा मनोनित गरिएको हो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पोखरेललाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको पत्र बिहीबार हस्तान्तरण गरेका हुन् । पोखरेलले कार्यक्रममा बोल्दै चेम्बरको संस्थागत विकास, प्रदेशमा रोजगारी वृद्धि सँगसँगै आय वृद्धि गर्दै व्यावसायिक एकतामा जोड दिनेछौँ , भने ।
रूपन्देहीलाई कर्मथलो बनाई २०५४ सालदेखि चेम्बर अभियानमा सक्रिय पोखरेल रूपन्देही व्यापार संघको २०६४ देखि २०७० सम्म अध्यक्ष पदमा रहेका थिए ।
जेसिज,रोटरी र सहकारीमा समेत कुशल नेतृत्व प्रदान गरेका पोखरेलले २०४५ सालदेखि बुटवललाई कार्यक्षेत्र बनाई अटो मोबाइल्स,हाइड्रो,बैंकिङ र मेडिकल क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गरेका छन् । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको नेतृत्व लिए पछि यस क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउन र सरकार र निजी क्षेत्रको सेतुको काममा उल्लेख्य प्रगति हुने अपेक्षा यस क्षेत्रका व्यवसायीले गरेका छन् ।