कावासोती : नवलपरासीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिकाको वडा नं ६ को बर भञ्ज्याङमा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको हो ।
दलदलेबाट डेढगाउँको लागि छुटेको लु १ ज ३७१० नं को जिप दुर्घटना हुँदा जीपमा सवार पाल्पा रामपुर घर भएका अजय बिकको मृत्यु भएको हो । दुर्घटनामा ३ जना गम्भीर घाइतेभएका छन् ,तर विवरण खुल्न सकेको छैन् बुलिङ्गटार प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहन थापाले भने ।
दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारको लागि कावासोतीतर्फ पठाईएको स्थानीय रामचन्द्र रानाभाटले बताए । १६ जना यात्रु बोक्ने क्षमता भएको जीपले क्षमता भन्दा धेरै यात्रु बोकेर हिडेको हुँदा दुर्घटना भए स्थानीयले बताएका छन ।
दुर्घटनामा घाईते अन्यको सामान्य उपचार बुलिङ्गटारमै भईरहेको प्रहरीले जनाएको छ ।