बुटवल- रुपन्देहीको कोटिहवामा सवारी दुर्घट्नामा दुई बालिकाको ज्यान गएको छ । भैरहवाबाट बुटवल तर्फ आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिप्परले सोही दिशा तर्फ आइरहेका लु १ ख ९६८५ नम्बरको जन्ती बसलाई तिलोत्तमाको कोटिहवामा ठक्कर दिँदा दुर्घट्ना भएको हो।
दुर्घट्नामा परि बसमा सवार वर्ष ८ का जुम्ल्याहा दिदिबहिनी गंगा हरिजन र जमुना हरिजनको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । एक जनाको घट्नास्थलमै र अर्की बालिकाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घट्नामा सोही बसमा सवार अन्य ५ जना घाइते भएका छन्।